छिमेकीको हत्या गरेर साधु, १७ वर्षपछि फन्दामा !
काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।
छिमेकी ढोडा मुखिया विनको ०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनी भारतको चम्पारण पिरियास्थित रामजानकी मन्दिरमा विगत १० वर्षदेखि साधुको भेषधारणा गरी लुकिछिपी बस्दै आइरहेका थिए ।
हत्यापश्चात फरार लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि उनलाई आजै जिल्ला अदालत, पर्सामा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया