मन्त्री सहभागी कार्यक्रम छाडेर ऊर्जा सचिव हिँडेपछि…
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।
सचिव आचार्यले पदीय आचरणविपरीतको कार्य गरेको आरोप लगाउँदै राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । आफूू मातहतको विभागले गरेको कार्यक्रममा सचिव आचार्यले पदीय मर्यादाविपरीतको कार्य गरेको उनको आरोप छ ।
जलस्रोत तथा सिंचाइ विभाग, जावलाखेलले चैत २५ गते सिंचाइ दिवस तथा ७२औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित रहेपछि तामाङले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । सोही कार्यक्रममा सचिव आचार्यलाई पनि अतिथिको आसनग्रहण गर्न निम्त्याइएको थियो । तर कार्यक्रममा सहभागी सचिव आचार्य उद्घोषकले अतिथिको आसनग्रहण गर्न बोलाएलगत्तै त्यहाँबाट बाहिरिएका थिए ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया