मन्त्री सहभागी कार्यक्रम छाडेर ऊर्जा सचिव हिँडेपछि…
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।
सचिव आचार्यले पदीय आचरणविपरीतको कार्य गरेको आरोप लगाउँदै राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । आफूू मातहतको विभागले गरेको कार्यक्रममा सचिव आचार्यले पदीय मर्यादाविपरीतको कार्य गरेको उनको आरोप छ ।
जलस्रोत तथा सिंचाइ विभाग, जावलाखेलले चैत २५ गते सिंचाइ दिवस तथा ७२औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित रहेपछि तामाङले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । सोही कार्यक्रममा सचिव आचार्यलाई पनि अतिथिको आसनग्रहण गर्न निम्त्याइएको थियो । तर कार्यक्रममा सहभागी सचिव आचार्य उद्घोषकले अतिथिको आसनग्रहण गर्न बोलाएलगत्तै त्यहाँबाट बाहिरिएका थिए ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया