असिनाले गहुँ र तरकारी बाली सखाप
बैतडी । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् ।
जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्याएको हो ।
बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ ।
अन्नबाली भित्राउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति पुर्याएको सिगास गाउँपालिका–९, का रामबहादुर चन्दले जानकारी दिए । असिनाले खेतबारी सेताम्मे भएका छन् ।
उनले भने, “गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट गर्यो ।”
दोगडाकेदार–६, सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँबालीका तरकारी नष्ट गरेको बताए । फलफूल, आलु, प्याज, लसुन तथा खुर्सानी र बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको उनले बताए ।
उनले भने, “पाक्न थालेको बालीनाली र तरकारी असिनापानीले सबै नष्ट पारेपछि उत्पादनमा कमी आउने देखिएको छ । किसानहरू चिन्तित भएका छन् ।”
कृषि ज्ञान केन्द्रले यकिन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया