नयाँ वर्षमा एनआईसी एशिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६ ’ योजना घोषणा

काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्टसँगको सहकार्यमा ग्राहकरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६ योजना घोषणा गरेको छ ।
यस योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन १६ जित्न सक्नेछन् । बैंकका अनुसार साे योजनामा सहभागी हुनका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सय रूपैयाँ वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ ।
योजना अवधि समाप्त भएपछि योजनामा सहभागी हुने ग्राहकमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिने बैंकले जनाएकाे छ । योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया