सामसङको ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी सार्वजनिक, के-के छन् विशेषता ?
काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ ।
मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमता भएको कम्पनीले उल्लेख गरेको छ ।
ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । सामसङको एआई-फस्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अरू भेरिएन्टहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिने कम्पनीको विश्वास छ ।
यो नयाँ भेरिएन्ट वैशाख ४ गतेदेखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ०% ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टिबी मासिक रु ११,७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ।
साथै, एनएलजी इन्स्योरेन्स कम्पनीमार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेकाे छ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया