प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौँ महानगको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ ।
प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रदुषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन् ।
महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरिन् । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरिन् ।
ताजा अपडेट
-
ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन
-
शिक्षामन्त्री भट्टराईको राजीनामाबारे ओली- मैले बनाएको मन्त्री हो, सहयोग गरिरहेको छु
-
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
-
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
-
बाराको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिक्रिया