कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक, कुन परीक्षा कहिले ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बिहीबार एक सूचना जारी गरेर संशोधित परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
संशोधित परीक्षा तालिकाअनुसार वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन वैशाख २१ गते रेगुुलरतर्फ अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दु ब्याकरण एवं साहित्यको परीक्षा सञ्चालन हुनेछ । त्यस्तै, वैशाख २२, २३, २४, २५, २६, २८, ३०, ३१, जेठ १ र २ गते पनि विभिन्न विषयका परीक्षा सञ्चालन हुने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
यसअघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो । तीन सातादेखि संघीय राजधानी काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले उक्त परीक्षा वहिस्कार गर्ने चेतावनी दिएपछि सरकारले उक्त तालिका संशोधन गरेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको हो ।
ताजा अपडेट
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
-
एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित
प्रतिक्रिया