भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
एजेन्सी । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ ।
ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित नामहरू पनि छन्, जसको कूल दर्शक सङ्ख्या ६ करोड ३० लाखभन्दा बढी रहेको छ ।
गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्रीमाथि पनि कारबाही गरिएको छ । पहलगाम घटनालाई लिएर गलत प्रस्तुति दिएको भन्दै बीबीसी भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ ।
अप्रिल २२ गते पहलगामस्थित बाइसरण क्षेत्रमा भएको गोलीकाण्डमा २६ पर्यटकको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान राष्ट्रिय अनुसन्धान संस्थाले गरिरहेको छ । घटनामा संलग्न पाँच जनामध्ये तीन जना पाकिस्तानका र दुई जना स्थानीय भएको खुलेको छ । सरकारले देशको सुरक्षामाथि असर पार्ने गलत प्रचारप्रति कडा कदम चालेको जनाइएको छ ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया