एमालेले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया