जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो ।
सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्नेगरी व्यवसायिक निरन्तर योजना कार्यन्व्यनका लागि पहल गरिने बतए ।
‘जलवायु परिवर्तनका कारण व्यवसायमा पर्ने असरको अध्ययन र सो संग सम्वन्धित नीतिको तर्जुमा गर्न तीनै तहको सरकासंग पहल गर्न आवश्यक छ, ।’ उनले भने । अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगहरुमा बिपदको असरको अध्ययन गर्नुपर्ने र सोको न्यूनीकरणका लागि बीमा लगायतका व्यवस्थाहरुमा सचेतना जगाउनुपर्ने बताए ।
युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकुले निजी क्षेत्रको संलग्नतामा स्थायी प्रकृतिको बिपद प्रतिकार्य कोष स्थापना गर्नुपर्ने बताए । जलवायु परिवर्तनले औद्योगिक र व्यवसायिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रले नै अग्रणी भूमिका खेल्दा प्रभावकारी हुने उनको भनाई छ ।
नेपाल चेम्बर र युएनडीपीले काभ्रेको नमोवुद्ध र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माण र जिविकोपार्जनबारे सहकार्य गरेका थिए ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया