युद्धविरामपछि भारत र पाकिस्तानबीच कूटनीतिक ‘वार’
काठमाडौं (एजेन्सी) । जम्मू–कश्मीरको पहलगाममा भएको हमलापछि बढेको तनावका बीच भारत र पाकिस्तानले एकअर्काविरुद्ध कडा कदम चाले । मे ७ मा भारतले पाकिस्तानका विभिन्न ७ स्थानमा हमला गरेपछि पाकिस्तानले पनि जवाफ फर्कायो । दक्षिण एसियाका छिमेकी मुलुक युद्धमा होमिने चिन्ता विश्वभर बढिरहेका बेला मे १० मा युद्धविराम गर्ने सहमति बन्यो । यसले दुई देशबीचको तिक्त सम्बन्ध सङ्लिने अपेक्षा राखिएकोमा कूटनीतिक वार सुरु भएको छ । दुवै देशले एकअर्काका कूटनीतिक कर्मचारीलाई अवाञ्छित घोषणा गरेका छन्।
नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक कर्मचारीलाई अवाञ्छित घोषणा गर्दै भारतले कूटनीतिक वारको फायर खोलेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न भनिएको छ ।
यसको जवाफमा पाकिस्तानले पनि भारतीय कूटनीतिक अधिकारीलाई अवाञ्छित घोषणा गर्दै देश छाड्न निर्देशन दिएको छ ।
दुवै देशले एकअर्काका कूटनीतिक कर्मचारीलाई अवाञ्छिित घोषणा गरेपछि दुई पक्षबीचको सम्बन्ध थप चिसिएको छ। पहलगाम हमलापछि उत्पन्न परिस्थितिलाई सहज बनाउने प्रयास भइरहेका बेला यी कदमले थप जटिलता थपेका छन्।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया