आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज मन्त्रालय र सङ्घबीच गरिएको सम्झौताअनुसार अब सङ्घले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ ।
आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार सङ्घले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्ने सम्झौतामा उल्लेख छ ।
साथै आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि सङ्घले सघाउने भएको छ । मन्त्रालयले सङ्घका विदेशी आँखा चिकित्सकलाई उपचारमा सहभागी गराउन सहजीकरण गर्नेछ भने छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई सङ्घीय तथा प्रादेशिक अस्पतालबाट खटाउन सघाउनेछ ।
सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रूपमा विकास गर्न यस सेवाले भूमिका खेल्ने विश्वास व्यक्त गरे । सङ्घका अध्यक्ष डा चेतराज पन्तले सरकारको लक्ष्यअनुसार आँखा उपचार पहुँच बढाउन आवश्यक वातावरण बनाउन सहजीकरणका लागि मन्त्री पौडेलप्रति आभार व्यक्त गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया