विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले फैसला गरेको मुुद्दा चित्त नबुुझेपछि आज सर्वोच्चमा पुुनरावेदन गरेको छ ।
अख्तियारले नापी कार्यालय, भद्रपुर, झापाका सर्भेक्षक सुवाषचन्द्र यादव समेतका प्रतिवादीले जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपपत्र दायर गरेको थियो । विशेषले गत वैशाख २१ गते सो मुुद्दामा प्रतिवादीलाई सफाई दिएको थियो ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नापी कार्यालय, भद्रपुर, झापाका सर्भेक्षक सुवाषचन्द्र यादव समेतका प्रतिवादी उपर जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत रु।१,२५,०००।( माग गरी लिएको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु।१,२५,०००।– कायम गरी सोही ऐनको दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम कैद सोही दफा ३ को उपदफा ९१० बमोजिम जरिबाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०१।२१ को फैसलाबाट आंशिक सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०२।०२ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ। ‘ विज्ञप्तीमा भनिएकाे छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया