युद्धविरामका लागि हमासले राख्यो यी शर्त

काठमाडौं । इजरायल र हमासबीच शनिबार गाजामा युद्धविरामको लागि नयाँ वार्ता सुरु भएको छ। वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौताअन्तर्गत धेरै इजरायली बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ।
इजरायली सेनाले गाजापट्टीमा एउटा ठूलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि उसले यस्तो प्रस्ताव राखेको हो ।
एक प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले हमासले ६० दिनको युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बदलामा नौ इजरायली बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ।
अधिकारीले यो नयाँ सम्झौताअन्तर्गत हरेक दिन गाजामा ४०० राहत सामग्रीले भरिएका ट्रकहरूको प्रवेश र गाजाबाट बिरामी मानिसहरूलाई निकाल्न अनुमति दिइनेछ।
यसको बदलामा इजरायलले बाँकी सबै बन्धकहरू जीवित भएको प्रमाण र उनीहरूको बारेमा हरेक जानकारी दिन माग गरेको छ।
युद्धविराम वार्ताको यो चरण कतार र अमेरिकाका मध्यस्थकर्ताहरूको माध्यमबाट दोहामा भइरहेको छ।
इजरायलले अहिलेसम्म यो प्रस्तावित सम्झौतामा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । तर वार्ताअघि उसले गाजाबाट आफ्नो सेना नहटाउने र युद्ध समाप्त गर्ने कुनै वाचा नगर्ने बताएको थियो।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया