NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज मेला आयोजना हुँदै

काठमाडौं । नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ ।

मेला जेठ ७ देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपु मा आयोजना हुने छ। यो विशेष अवसरमा ग्राहकहरूले विभिन्न आकर्षक अफरमा आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन् ।

मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले ५, हजार बराबरको उपहार प्राप्त गर्ने छन्। यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउने कम्पनीकाे विश्वास छ।

मेला अवधिभर ग्राहकले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू ३०,००० सम्मको सुनिश्चित प्राप्त गर्ने छन्। ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ।

त्यसका साथै, ग्राहकहरूले ८,००० सम्मको नगद छुट,  १०,००० रुपैयाँसम्मको थप मूल्यांकन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट निस्शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन्।

मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ। आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसिहल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ।