उत्तर कोरियामा युद्धपोत दुर्घटना, ३ उच्च अधिकारी हिरासतमा
काठमाडौं (एजेन्सी) । उत्तर कोरियाले नयाँ युद्धपोतको प्रक्षेपणका क्रममा भएको दुर्घटनाका लागि पानीजहाज निर्माण गर्ने शिपयार्डका तीन अधिकारीलाई हिरासतमा लिएको छ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले यसबारे जानकारी दिएको छ।
करिब पाँच हजार टनको उक्त जहाजको तल्लो भाग प्रक्षेपणका क्रममा टुटेको थियो। यसका कारण युद्धपोतको सन्तुलन बिग्रिएको बताइएको छ ।
युद्धपोत प्रक्षेपणका क्रममा भएको यस घटनाको अनुसन्धान सुरु भएको छ। उत्तर कोरियाका नेता किम जोङ उनले यस सम्पूर्ण घटनाक्रमलाई ‘आपराधिक कार्य’ भनेका छन्।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले हिरासतमा लिइएका व्यक्तिहरूको पहिचान उत्तरी चोङजिन शिपयार्डका मुख्य इन्जिनियरका रूपमा गरेको छ।
यस युद्धपोतको निर्माण चोङजिन शिपयार्डमा नै गरिएको थियो। यसबाहेक शिपयार्ड निर्माणमा संलग्न प्रमुख र एक प्रशासनिक प्रबन्धकलाई पनि हिरासतमा लिइएको छ।
सरकारी सञ्चारमाध्यमको रिपोर्टअनुसार यी तीनै जना ‘दुर्घटनाका लागि जिम्मेवार’ थिए।
स्याटेलाइट तस्बिरहरूमा ठूला नीलो पालले ढाकिएको अवस्थामा युद्धपोत एकतर्फ अडिएको छ । एक भागचाहिँ जमिनमा खसेको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया