एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएकाे छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आज बस्न लागेको हाे ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिलगायत समसामयिक विषयमा छलफल हुने छ ।
यसअघि एमाले सचिवालय बैठक गत वैशाख २१ गते बसेको थियो ।
ताजा अपडेट
-
डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल
-
पाकिस्तानको पञ्जाबमा भीषण हावाहुरीका कारण १९ जनाको मृत्यु
-
गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने एमालेको निर्णय
-
प्रधानमन्त्री ओली र देउवा छलफलमा, दोस्रो तहका नेता पनि सहभागी
-
एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा स्थानान्तरण
प्रतिक्रिया