कोशी प्रदेशसभाकाे नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
सभामा मुख्यन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । बैठकले सदस्यद्वय गोम्बु शेर्पा र खिनु लिम्बूले संयुक्त रूपमा पेस गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकर गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा ४६ जना सदस्यले भाग लिएका थिए ।
नीति तथा कार्यक्रम पारित गर्न अनुरोध गर्दै मुख्यमन्त्री कार्कीले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नु प्रदेश सरकारको प्राथमिकता भएको बताउँदै राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने बताए ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया