अमेरिकी सहायता बन्द भएपछि बङ्गलादेशमा ५० हजारले गुमाए रोजगारी
एजेन्सी – बङ्गलादेशमा युएसएआइडीको सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द हुँदा विकास क्षेत्रमा रोजगारी गुमेको छ भने ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् ।
एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूडीपी)की संयोजक जिनत आरा अफ्रोजले मङ्गलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन् ।
एक लिखित वक्तव्य पढेर सुनाउँदै उनले यी परियोजना र सम्बद्ध परियोजनाहरूमा संलग्न ५० हजारभन्दा बढी पेशेवरहरूले रोजगारी गुमाएको र देशले ७० करोड अमेरिकी डलर बराबरको विकास सहायता गुमाएको बताएकी छिन् । उनले तत्काल एयूडीपीसँग वार्ता गरेर समस्याको समाधान खोज्न माग पनि गरिन् ।
यूएसएआईडी बङ्गलादेशले जनवरी २५ मा आफ्ना परियोजना कार्यान्वयन साझेदारहरूलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्य देशहरूसँगै एजेन्सीले बङ्गलादेशमा करार, कार्य आदेश, अनुदान, सहकारी सम्झौता वा अन्य सहायता वा खरीद उपकरणहरू अन्तर्गत कुनै पनि काम तत्काल बन्द वा निलम्बन गर्ने घोषणा गरेको छ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय युएसएआइडीको आर्थिक सहयोगसम्बन्धी कार्यक्रम पुनरावलोकन गर्न सबै देशलाई दिइने विकास सहायता ९० दिनका लागि स्थगन गर्ने कार्यकारी आदेश जारी गरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया