अमेरिकाले विदेशी विद्यार्थीको भिसा अन्तर्वार्ता रोक्यो

काठमाडौँ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा रोक लगाएको छ ।
विदेशमन्त्री मार्को रुबियोले आदेश जारी गर्दै विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा रोक लगाएका हुन् । यस आदेशको उद्देश्य देशका विश्वविद्यालयहरूमा यहूदी विरोधी र वामपन्थी विचारहरू रोक्नु रहेको बताइएको छ ।
रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई आदेश जारी गर्दै भने – उनीहरूले विद्यार्थी भिसाका लागि नयाँ अन्तर्वार्ता तालिका बनाउने छैनन्, किनभने ट्रम्प सरकारले अमेरिका आउने विद्यार्थीहरूको सामाजिक सञ्जाल प्रोफाइलको अनुसन्धानलाई कडा बनाउनेछ ।
उनले थप भने- तत्काल प्रभावबाट, कन्सुलर खण्डले थप निर्देशिका जारी नभएसम्म विद्यार्थी वा एक्सचेन्ज आगन्तुक (एम, एम र जे) भिसाका लागि नयाँ अन्तर्वार्ताको अनुमति दिने छैनन् । पहिले निर्धारित अन्तर्वार्ताहरू हुन सक्ने भए पनि, सूचीमा नयाँ अन्तर्वार्ताको मिति तय नहुने आदेशमा स्पष्ट गरिएको छ ।
यो रोक एफ, एम र जे भिसा कोटीहरूमा लागू हुने छ, जसले अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरू र एक्सचेन्ज आगन्तुकहरूलाई समेट्छ । यी कार्यक्रमहरू मार्फत आउने विद्यार्थीहरू अमेरिकी सुरक्षाको लागि खतरा हुन सक्छन् वा यहूदी विरोधी वातावरणलाई बढावा दिन सक्छन् भन्ने दाबी गरिएको छ ।
ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने सामग्री पत्ता लगाउन इन्स्टाग्राम, टिकटक र एक्स जस्ता प्लेटफर्महरूमा पोस्ट, लाइक, टिप्पणी र सेयरहरूको अनुसन्धान गर्न अधिकारीहरूलाई पनि आदेश दिएको छ ।
द गार्जियनका अनुसार, अधिकारीहरूले मार्चदेखि प्यालेस्टाइन समर्थक विरोध प्रदर्शनमा संलग्न विद्यार्थीहरूको सामाजिक सञ्जालको अनुसन्धान गरिरहेका छन् । यद्यपि, आदेशले भविष्यमा सामाजिक सञ्जाल अनुसन्धानमा के हेरिनेछ भनेर स्पष्ट रूपमा उल्लेख गरेको छैन ।
ताजा अपडेट
-
गोसाईंकुण्ड मेलामा आउँदा लेक लाग्ने यात्रीलाई सुरक्षा व्यवस्था
-
चालु वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
-
विपक्षी दलले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने
-
गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ – प्रधानमन्त्री
-
शेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन
प्रतिक्रिया