एकीकृत समाजवादीले बिहीबार कार्यकर्ता भेला गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बिहीबार कार्यकर्ता भेला गर्ने भएको छ ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ ।
मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा विचारविमर्श हुने उपप्रमुख अर्यालले जानकारी दिए।
यसैबीच, १८औँ गणतन्त्र दिवसका अवसरमा पार्टीले देशका विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षरोपण, रक्तदान, दिपावलीलगायत गतिविधि गर्ने जनाइएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया