एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक आज दिउँसो बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको लोत्से हलमा दिउँसो १ बजे बस्ने बैठकमा संसदमा यही जेठ १५ गते प्रस्तुत बजेट र सासामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।
पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा आजको परिस्थितिमा बजेट केकस्तो आउनु पथ्र्यो, कस्तो आयो भन्ने विषयमा विभिन्न पाटोबाट गहन छलफल र मन्थन गरिने उनले जानकारी दिए ।
त्यसबारे उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले विश्लेषणात्मक जानकारी गराउनेछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया