जङ्गली च्याउँ खादा तीन बिरामी
अछाम । अछाममा जङ्गली च्याउँ खाँदा तीन जना बिरामी परेका छन् ।
आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा आज विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका-७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले तिनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया