ट्रम्पको नयाँ निर्णय: स्टिल र अलुमिनियम आयातमा ५०% कर लागू
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि लागू हुने गरी स्टिल र अलुमिनियमको आयातमा कर दर ५० प्रतिशत पुर्याउने निर्णयमा हस्ताक्षर गरेका छन्। मार्चदेखि दोस्रोपटक गरिएको यो कर वृद्धिले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा असर पर्ने अनुमान गरिएको छ ।
वाणिज्य क्षेत्रका विश्लेषकहरूले यो निर्णयले घरेलु बजारमा धातुजन्य वस्तुको मूल्य आकस्मिक रूपमा बढाउने चेतावनी दिएका छन्। धेरै व्यवसायीहरू उच्च लागतका कारण व्यापार प्रभावित हुने चिन्तामा छन्। कतिपय व्यवसायले स्टिल र अलुमिनियमका विकल्पमा कागज वा प्लास्टिक प्रयोग गर्न थालिसकेका छन्।
अमेरिका स्टिल आयातमा युरोपेली युनियनपछि दोस्रो स्थानमा पर्छ। प्रमुख आपूर्तिकर्ता देशहरूमा क्यानडा, ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पर्दछन्।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया