प्रतिनिधि सभा बैठक आधा घण्टा सर्यो

काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय आधा घण्टा सरेको छ । दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठकको समय आधा घण्टाका लागि सरेको हो।
जसअनुसार आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अब साढे ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।
आजको राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ बैठकमा पेस गर्नेछन् ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने समेत संसद् सचिवालयले जानकारी दिएको छ ।
ताजा अपडेट
-
पर्सा जिल्ला अदालतमा रविविरुद्ध अभियोगपत्र दर्ता
-
संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश
-
नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार
-
गाउँ विकास समितिका अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
देशका अधिकांश स्थानमा मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने
प्रतिक्रिया