इजरायलको आक्रमणमा इरानमा २२४ जनाको मृत्यु
काठमाडौँ । इरान र इजरायलबीच विगत ७२ घण्टादेखि युद्ध भइरहेको छ । इजरायलले आइतबार इरानी विदेश मन्त्रालयमा आक्रमण गरेको थियो । जसमा धेरै जना घाइते भएको बताइएको छ । यसको एक दिन अघि इरानी रक्षा मन्त्रालयमा पनि आक्रमण भएको थियो ।
इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने एक हजार २७७ जनाभन्दा बढी घाइते भएका छन् ।
यसैबीच, अमेरिकामा रहेको मानव अधिकार कार्यकर्ता समूहले इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ । त्यस्तै इरानले इजरायलमा सयौं क्षेप्यास्त्र प्रहार गरेको छ । यी आक्रमणहरूमा १४ जनाको मृत्यु भएको छ र ३८० जना घाइते भएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच चाँडै सम्झौता हुने दाबी गरेका छन् । ट्रम्पले इजरायल र इरानबीचको युद्ध रोक्ने बताएका छन् । ट्रम्पले यस्तो बताए पनि युद्ध रोक्न उनले ठोस पहल गरेको खबर आएको छैन । सोमबार बिहान पनि दुवै देश एक अर्काविरुद्धको आक्रमण जारी राखेका छन् । इजरायलले फेरि एक पटक फोर्डो आणविक स्थलमा आक्रमण गरेको बताइएको छ । इरान इन्टरनेशनलको रिपोर्ट अनुसार इरानको फोर्डो आणविक स्थल नजिकै ठूलो विस्फोट भएको छ । इजरायलले जुन १४ मा पनि फोर्डो स्थलमा आक्रमण गरेको थियो ।
त्यस्तै इजरायली आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको गुप्तचर संगठनका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको बताइएको छ । उनका उप-हसन मोहकिक र अर्का गुप्तचर अधिकारी मोहसिन बघेरी पनि यी आक्रमणहरूमा मारिएका छन् । काजेमीको मृत्युलाई इरानको सैन्य र गुप्तचर संरचनामा ठूलो धक्का मानिएको छ । यसअघि पनि कोर्प्सका प्रमुख मोहसिन बघेरी र जनरल होसेन सलामी इजरायली आक्रमणमा मारिएका थिए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया