इरानी आक्रमणका कारण इजरायलको हैफा तेल प्रशोधन बन्द
कठमाडौं– इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द गरिएको छ । इरानी क्षेप्यास्त्र हमलाका कारण क्षति पुगेपछि तेल प्रशोधन केन्द्र बन्द गरिएको हो ।
तेल अभिभ स्टक एक्सचेन्जका लागि जारी गरिएको विज्ञप्तिमा प्रशोधन केन्द्र सञ्चालन गर्ने बजन समूहले यस्तो जनाएको हो । टाइम्स अफ इजरायलका अनुसार हैफाको खाडीमा इरानी क्षेप्यास्त्रले हमला गर्दा तीन जनाको मृत्यु भएको छ ।
उक्त समूहले उक्त प्रशोधन केन्द्रमा विद्युत् सेवा सुचारु गर्न इजरायल विद्युत् कम्पनीसँग मिलेर काम गरिरहेको पनि जनाएको छ । उक्त क्षेत्रमा यसअघि पनि इरान र उसका सहयोगीले सो प्रशोधन केन्द्रमा आक्रमणको प्रयास गरेका थिए ।
यसअघि गत अक्टोबर महिनामा लेबनानको इरान समर्थित शिया लडाकु समूह हेज्बोल्लाहले उक्त प्रशोधन केन्द्रमाथि ड्रोन उडाएको भिडियो सार्वजनिक गरेको थियो ।
स्थानीयहरुले सघन बस्तीमा रहेको उक्त प्रशोधन केन्द्रमा व्यापक आक्रमण भए त्यसले ठूलो क्षति निम्त्याउने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । सन् २०२२ मा इजरायल सरकारले उक्त प्रशोधन केन्द्र सन् २०३० सम्म स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ ।
ताजा अपडेट
-
त्रिकोणात्मक टी२० सिरिज: नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो
-
टी–२० आई क्रिकेटमा करण केसीको १०० विकेट पूरा
-
सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन
-
‘बजेटमा स्वार्थ समूहको प्रभाव देखियो’-पूर्वअर्थमन्त्री पुन
-
कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार
प्रतिक्रिया