फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
एएफपी । श्रीमतीको नक्कली जागिर प्रकरणका कारण पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई चार वर्षको जेल सजाय तोकेको छ । उनले अदालतबाट तोकिएको शर्त पूरा गरेको खण्डमा जेलमा बस्नुपर्ने छैन ।
फिलनलाई आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको जागिर उपलब्ध गराएको अभियोगमा सन् २०२२ मा दोषी ठहर गरिएको थियो । उक्त पदमा रहँदा पेनिलोपले सार्वजनिक कोषबाट लाखौँ रकम बुझेको देखिएको छ ।
अदालतले उनलाई तीन लाख ७५ हजार युरो (चार लाख ३३ हजार अमेरिकी डलर) जरिवाना र पाँच वर्ष निर्वाचनमा उम्मेदवारी हुन रोक लगाएको छ । यो सजाय सन् २०२२ मा सुनाइएको सजायभन्दा हल्का हो ।
सन् २०२२ मा उनलाई जेलमा बस्नुपर्ने गरी एक वर्षको सजायका लागि आदेश दिइएको थियो । फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत, कोर्ट अफ क्यासेसनले उक्त निर्णयलाई उल्ट्याउँदै नयाँ सजायको सुनुवाइको लागि आदेश दिएको थियो ।
फिलन राष्ट्रपतीय चुनावमा पराजित भई सन् २०१७ मा प्रधानमन्त्री बनेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया