सर्तसहित ‘स्टुडेन्ट भिसा’ पुनः सुरु गर्ने अमेरिकाको घोषणा

काठमाडौँ । अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ । यद्यपि जसका लागि केही सर्त थपिएको छ ।
प्रमुखरुपमा पढ्न जाने विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्ट भने पब्लिक बनाउन भनेको छ ।
जसबाट उनीहरूले अमेरिकी नागरिक, सिद्धान्तप्रति आफ्नो देशमा आउने विदेशी विद्यार्थीहरूको सोच विचार र भावना गलत भएमा रोक्ने नीति अमेरिकाले लिएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत मे महिनामा केही समयका लागि भन्दै रोकिएको अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रक्रिया पुनः सुरु गरेको हो ।
यससँगै अब विद्यार्थी भिसाका लागि सम्बन्धित दूतावासबाट अन्तरवार्ताका लागि समय लिन पाउने भएका छन् ।
अमेरिकी प्रशासनका अनुसार अमेरिकाको भिसा सर्तहरू भने विद्यार्थी भिसा एफ १ लगायत अन्य सबै प्रकारका भिसामा लागू हुनेछन् । जसले सामाजिक सञ्जाललाई गोप्य राख्छ उसले आफ्ना गतिविधिहरू लुकाउने प्रयोजनको रूपमा लिइने अमेरिकाले भनेको छ ।
ट्रम्प प्रशासनका एक उच्च अधिकारीले भने, ‘अमेरिकी नागरिकले यो अपेक्षा गर्छन् उनीहरूको सरकारले उनीहरूको देशलाई हरेक तवरले सुरक्षित बनाउने प्रयास गरोस्, जुन ठ्याक्कै ट्रम्प प्रशासनले प्रत्येक दिन गरिरहेको छ ।’
ओपन डुअर्सका अनुसार नेपालमा २०२३-०२४ मा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी थिए । जसमा पहिलो भारतबाट साढे ३ लाख बढी, दोस्रोमा २ लाख ८० हजारसहित चीनबाट छन् भने करिब १७ हजार नेपाली त्यहाँ अध्ययनरत छन् ।
प्रतिक्रिया