NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ५ गते

पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

अर्जेन्टिना- अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या प्रयास गरेको आरोपमा एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको स्थानीय मिडियाले जनाएको छ ।

अभियोजकहरूका अनुसार ब्रेन्डा सेसिलिया अगुएरोले सन् २०२२ मार्च र जुनको बीचमा सूची नियन्त्रण नभएका आपत्कालीन चिकित्सा कार्टबाट डोज लिएर नवजात शिशुहरूमा पोटासियम र इन्सुलिन सुई लगाएकी थिइन् । अर्जेन्टिनी कानूनअनुसार अगुएरो ३५ वर्षको सजाय भोग्नुअघि प्यारोलका लागि योग्य हुनेछैनन् ।

अदालतका क्लर्कले बुधबार स्थानीय मिडियामा प्रसारण गरिएको फुटेजमा सजाय पढेर सुनाएका थिए । सबै स्वस्थ जन्मिएका बच्चाको ब्युनस आयर्सबाट तीन सय ७० माइल (छ सय किलोमिटर) उत्तरपश्चिममा रहेको कोर्डोबा प्रान्तको मातृ तथा बाल अस्पतालको नवजात वार्डमा प्रारम्भिक अस्पष्ट परिस्थितिमा मृत्यु भएको थियो ।

द्रुत चिकित्सा हस्तक्षेपका कारण अन्य आठ जना बाँचेका थिए । मुद्दामा पूर्व प्रान्तीय अधिकारी र स्वास्थ्यकर्मीहरू सहित १० अन्य प्रतिवादीविरुद्ध ढाकछोप र कर्तव्यमा लापरवाहीको आरोप लगाइएको थियो ।आरोप लागेकाहरूमा कोर्डोबा प्रान्तका पूर्व स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवका साथै अस्पतालका पूर्व निर्देशक समावेश थिए ।

सन् २०२२ मा पक्राउ परेकी अगुएरोले आरोपहरू अस्वीकार गरिन । यसअघि उनले अदालतलाई ‘उनीहरूसँग कुनै प्रमाण छैन’ र मिडियाले उनलाई ‘सिरियल किलर’ को रूपमा चित्रण गरेको आरोप लगाएकी थिइन् । अन्य प्रतिवादीमध्ये पाँच जनालाई दोषी ठहर गरियो तर कम सजाय दिइयो भने पाँच अन्यलाई निर्दोष ठहर गरियो