देशका तीन प्रमुख सडक पुर्णरुपमा अवरुद्ध, ६ सडक खण्ड एकतर्फी

काठमाडौँ । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ । नेपाल प्रहरीका अनुसार शनिबार बिहान ११ बजेसम्मको अपडेट अनुसार हाल देशका प्रमुख तीन सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने ६ सडक एकतर्फी संचालनमा रहेका छन् ।
हाल नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को विनयी खोलाको डाइभर्सन बाढीले बगाउदा सडक दुई तर्फी अवरुद्ध भएको छ । त्यस्तै पहिरोका कारण रोल्पाको घोराही रुकुम शहिद राजमार्ग अवरुद्ध भएको छ भने पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग पनि पुर्णरुपमा अवरुद्ध भएको छ ।
त्यसैगरी डोल्पाको त्रिपुरासुन्दरी-१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर एकतर्फी संचालनमा रहेको छ भने जुम्लाको जुम्ला मुगु सडक खण्ड पहिरोका कारण एकतर्फी संचालनमा रहेका छन् । त्यस्तै गुल्मीको कालिगण्डकी कोरिडोर, नवलपरासीको कालिगण्डकी कोरिडोर, म्याग्दीको बेनी-जोमसोम सडक र धनकुटाको रवि राके भेडेटार सडक एकतर्फी संचालन रहेको छ ।
प्रतिक्रिया