आज भारी बर्षाको अनुमान छ, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आह्वान गरेका छन् ।
उनले मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको उल्लेख गर्दै अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न अपिल गरेका छन् ।
‘अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
जल तथा मौसम विज्ञान विभाग आज आइतबार दिउँसो देशका तीन प्रदेश; कोशी, बागमती र गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको समेत सम्भावना समेत रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया