NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधि सभा बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेका छन्। बुधबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै दुवै पार्टीका सांसदहरूले अवरोध सुरु गरेका हुन्।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद विन्दवासिनी कुसंस्कारलाई बोल्न दिएका थिए। उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारसँग माग गरिन्। उनले भिजिट भिसाको नाममा मानव तस्करी जारी रहेको भन्दै सरकारले नदेखेको बताइन्।

उनले सरकारमा रहेका मन्त्रीका ३२ लाखको अडियो बाहिर आउँदा पनि सरकारले नदेखेको आरोप लगाइन्।

त्यसपछि बोलेका राप्रपाका सांसद राजेन्द्र लिङ्देनले मन्त्रीहरूमा कसले बढी कमाउने, कसले बढी भ्रष्टाचार गर्ने भन्नेमा प्रतिस्पर्धा चलिरहेको बताए। उनले अडियो बाहिर आएका मन्त्रीहरूमाथि छानबिन हुनुपर्ने बताए।

त्यसपछि रास्वपा र राप्रपाका सांसदले संसद् बहिष्कार गर्दै बाहिरिएका छन्।