आधा साउन सकिनै लाग्दा देशभर ७८.८४ प्रतिशत भूभागमा मात्रै धान रोपाइँ
काठमाडौं – साउन मध्य हुनै लाग्दा देशभर धान खेतीयोग्य जमिनमध्ये ७८.८४ प्रतिशत भूभागमा मात्रै धान रोपाइँ भएको छ । त्यसमध्ये पनि मधेशमा आधा मात्रै रोपाइँ भएको छ । सुदूरपश्चिममा भने झण्डै शतप्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोशीमा ८०.३९ प्रतिशत, मधेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ ।
त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ । कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया