NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी साउन १८ गतेदेखि २३ गतेसम्मको लागि प्रधानमन्त्री ओलीको भ्रमण अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको अभाजा जाँदै छन्।

उक्त सम्मेलन साउनको तेस्रो साता अभाजामा आयोजना हुँदैछ । सम्मेलनमा भूपरिवेष्ठित मुलुकहरूको विकाससम्बन्धी विषयमा अन्तर्राष्ट्रिय छलफल हुने अपेक्षा गरिएको छ।