कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१७ तल्लोबिरौटाटोल बस्ने ४६ वर्षीय बाजिन्द्र बहादुर सोती मगरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले कास्कीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गाउँकै छिमेकीको विवाह कार्यक्रममा स्थानीय हस्ते वि.क.लाई कुटपिट गरी उनको उपचारको क्रममा मृत्यु भइ कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २ वर्ष कैद सजाय फैसला गरेको थियो ।
हाल उनलाई पक्राउ गरी कैद भुक्तानको लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना आधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधारीले बताए ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया