NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

तराईमा डिपबोरिङ खन्ने काम सुरु, किसानलाई सिँचाइका लागि प्रतियुनिट बिजुली ३ रुपैयाँ मात्र लाग्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रमा ५ सय वटा डिप बोरिङ खन्ने कार्य सुरु भइसकेको जानकारी दिएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको पहुँच विस्तार गर्न सुरु गरिएको यो अभियानले किसानलाई ठूलो राहत दिने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार, डिपबोरिङको माध्यमबाट पानी अभाव भएका क्षेत्रका किसानलाई सिँचाइको सुविधा पुर्‍याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री ओलीले भनेका छन्, “तराईमा५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ। सिँचाइको लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्ने छ।”