NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

म्याग्दीका तीस ग्रामीण सडकको स्तरोन्नति

म्याग्दी– म्याग्दी जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा ३० वटा ग्रामीण सडक स्तरोन्नति गरेको छ ।

कार्यालय प्रमुख विष्णु पौडेलका अनुसार नौ करोड ५० लाख बजेट विनियोजन भएका ३७ वटा सालबसाली योजनामध्ये २९ वटा ठेक्का प्रक्रिया र उपभोक्ता समितिबाट तीन वटा योजना कार्यान्वयन भएका छन्।

ती योजना कार्यान्वयनका लागि निर्माण व्यवसायी र उपभोक्ता समितिसँग पाँच करोड ९० लाख ८१ हजारमा सम्झौता भएको थियो ।

ग्रामीण सडक फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार गर्ने, पानीको निकासका निम्ति नाली तथा ‘रिटेनिङ’ पर्खाल निर्माण, कालोपत्र, ढलान गर्न तथा मोटरेबल र झोलुङ्गे पुल निर्माणसम्बन्धी सालबसाली ३७ सहित ७१ वटा योजनाका लागि पुँजीगत तर्फ ५९ करोड ३१ बजेट विनियोजन भएको थियो ।

गत वर्ष चार दशमलव ९० किलोमिटर कालोपत्र र ढलान, चार दशमलव १४ किलोमिटर ग्राभेल, तीन दशमलव ३० किलोमिटर नयाँ कच्ची सडक निर्माण, ३१ दशमलव ६० किलोमिटर सडक फराकिलो बनाउने, १० दशमलव ७२ किलोमिटर नाली र ३१ हजार २९ घनमिटर टेवा पर्खाल निर्माण भएको कार्यालय प्रमुख पौडेलले बताए ।

यसैगरी २९ वटा कल्भर्ट कजवे, १२ दशमलव ५० किलोमिटर सडक मर्मत, एक वटा झोलुङ्गे, दुई वटा मोटरेबल पुल र एक वटा भवन निर्माणसम्बन्धी योजना सम्पन्न भएका छन् । गत आवमा ६४ करोड एक लाख ४३ हजार विनियोजन भएकोमा ४७ करोड १४ लाख ९१ हजार खर्च भएको छ । (रासस)