नेपाल र चीनको आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच सदियौँदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित रहेको बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा दुवै देशका जनतालाई आज शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
उनले भन्नुभएको छ, “यस अवसरमा म दुई देशका जनता र सरकारहरूलाई मानव जातिको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा थप गहिरो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछौँ ।”
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया