सुरक्षाका लागि बजार क्षेत्रमा ‘हाई मास्क लाइट’ जडान
पाल्पा । रामपुर नगरपालिकाको बेझाड बजार क्षेत्रमा सुरक्षा र सौन्दर्यीकरणका लागि ‘हाई मास्क लाइट’ जडान गरिएको छ ।बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ति सुरक्षा तथा सौन्दर्यीकरणका लागि लाइट जडान गरिएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
“बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन स्वचालित व्यवस्थासहितको हाई मास्क लाइट जडान गरिएको छ । यसको विद्युत् महसुल भुक्तानीलगायत व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उनले भने ।
यहाँ नगरपालिकाको मागअनुसार लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत रु. छ लाख बराबरको लागतमा १६ मिटर उचाइ, दुई हजार ४०० वाट क्षमताका लाइट जडान गरिएको छ । उज्यालो सहरअन्तर्गत विभिन्न स्थानका सडक र चोकमा सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया