NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा

काठमाडौँ । पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट सो विथ स्टिफन कोल्बर्ट’मा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदका लागि उम्मेदवारी नदिने बताएकी हुन्। ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी बिग्रिएको पनि बताइन्। क्यालिफोर्नियाको गभर्नर रहेकी ह्यारिसले भनिन्, ‘गभर्नर बन्नेबारेमा मैले धेरै सोचेकी थिएँ। मलाई मेरो राज्य क्यालिफोर्निया मन पर्छ तर अब मलाई लाग्छ कि प्रणालीमा परिवर्तन ल्याउने मेरो क्षमता कम भएको छ।’

‘तपाईँ जस्तो सक्षम व्यक्तिले प्रणाली बिग्रिएको भन्नु चिन्ताजनक छ’ भनेर राखिएको जिज्ञासामा उनले भनिन्, ‘म अब देशभर यात्रा गर्न र मानिससँग कुरा गर्न चाहन्छु। यो यात्रा भोट माग्नका लागि नभएर जनताका कुरा सुन्नका लागि हुनेछ।’

उनको नयाँ पुस्तक सेप्टेम्बर २३ मा सार्वजनिक हुँदैछ। जसमा उनले १०७ दिनको राष्ट्रपति चुनाव अभियानको अनुभव उल्लेख गरेकी छन्। ती १०७ दिनमा सबैभन्दा धेरै के कुराले अचम्मित बनायो भनेर सोध्दा ह्यारिसले भनिन्, ‘हरेक रात म प्रार्थना गर्थे कि आज मैले आफ्नो पूर्ण क्षमतासहित सबै काम गरेकी छु।’ ह्यारिस २०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन्।

 

ताजा अपडेट

नेपालवाच विशेष