NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नेप्से ६३ अंकले घट्यो, कारोबार रकम १३ अर्बमा

आइतबार नेप्से परिसूचक ६३.७३ अंक (२.१८ प्रतिशत)ले घटेर दुई हजार आठ सय ५८.९० बिन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.०७ प्रतिशतले घटेको छ।

आज ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १३ अर्ब सात करोड ५० लाख रुपैयाँमा झरेको छ। अघिल्लो दिन १५ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो।

आज नेप्सेका सबै १३ वटा समूहकै सूचकमा गिरावट आएको छ। लघुवित्त र अन्य समूह सर्वाधिक तीन प्रतिशतभन्दा धेरैले घट्दा बैंक, लगानी, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूह दुई प्रतिशतभन्दा धेरैले घटेका छन्।

बजार घटे पनि ट्रेड टावर र शिवश्री हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशत कमाएका छन्। थ्रिस्टार हाइड्रो चार प्रतिशतभन्दा धेरैले बढेको छ। तर, सान्वी इनर्जी र समता घरेलु लघुवित्तका लगानीकर्ता सर्वाधिक गुमाउनेमा परेका छन्। यि कम्पनीको मूल्य करिब १० प्रतिशत घटेको छ।