NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी

काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफल सुरु भएको छ ।

सिंहदरवारमा बिहान ११ बजेदेखि बैठक बसिरहेको सभामुखको सचिवालयले जनाएको छ ।

आजको बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल हुनेछ ।

उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासमेत बैठकमा उपस्थित छन् ।