प्रतिवेदनमा नाम लेखिएको छैन भनेर उम्किन मिल्दैन : मनिष झा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन समितिको प्रतिवेदनपछि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा अब पदमा बस्न नमिल्ने बताएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले प्रतिवेदनमा नाम लेखिएको छैन भनेर उम्किन नमिल्ने बताए।
उनले भने, ‘कुलिङ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ। यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई सोधिन्छ। यो नालायकीपनको जवाफ कसले दिने ? यो जिम्मेवारीपनको जवाफ कसले दिने ?’
उनले नाम लेखिएको छैन भनेर उम्किन नमिल्ने भन्दै अहिलेको प्रधानमन्त्री भनेपछि कसलाई सम्झिने भनेर प्रश्न समेत गरे।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया