रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन
काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ ।
रास्वपाले ७ साउन २१ गतेसम्म आवेदन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएको लुम्बिनी इन्चार्ज विपिन आचार्यले जानकारी गराए । आवेदन दिएका मध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।
१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो ।
रास्वपाले प्राप्त नामहरूबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया