रास्वपा लक्षित गृहमन्त्रीको टिप्पणी-‘कामै नगरी राजनीति जित्ने कुरा गर्दैछन्’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ‘कतिपय मानिसहरू’ कामै नगरेर हल्ला गरी राजनीति जित्ने कुरा गरिरहेको टिप्पणी गरेका छन्। शुक्रबार काँग्रेसनिकट आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै लेखकले यस्तो टिप्पणी गरेका हुन्।
‘कतिपय मानिसहरूले कामै नगरेर हल्ला गरेर राजनीति जित्ने कुरा गरिरहेका छन्,’ लेखकले भने, ‘नेपाली काँग्रेस काम गर्छ, हल्ला कम गर्ने गरेका कारण पनि हामी पछि परेका छौँ।’
काँग्रेसले अनावश्यक हल्ला भने गर्न नहुने उनले बताए। ‘अनावश्यक हल्ला गर्नुहुन्न, नभएको काम भन्नुहुन्न, नगरेको कुरा भन्नुहुन्न, तर नेपाली काँग्रेसले गरेका कुराहरूको प्रचार गर्न पनि जरुरी छ,’ गृहमन्त्री लेखकले बताए।
काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला आदिवासी जनजातिका लागि तमाम राजनीतिक कुरा भएको दाबी गर्दै लेखकले आगामी दिनमा पनि आदिवासी जनजातिका लागि के गर्नुपर्छ ? काँग्रेस तयार रहेको बताए।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया