‘रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो’ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिने र रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत जनै पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरूप ऋषि तर्पणी मनाइने बताए ।
उनले लेखेका छन्,‘आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन मनाउँछौं। वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्। जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइन्छ। प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरूप ऋषि तर्पणी मनाइन्छ। सबैलाई जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना !’
आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारणा गरेर मनाइँदै छ ।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया