पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय अनुशासन आयोगले पार्टीको अनुशासन उलंघन नगर्ने नेता कार्यकर्तालाई ध्यानाकर्षण गराएको छ।
अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वाकयुद्ध चलिरहेको बेलामा केन्द्रीय अनुशासन आयोग शिबबहादुर देउजाले विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि रोक्न निर्देशन दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, पार्टीमा आफ्ना निजी विचार र सुझावहरू राख्ने विधि र स्थानहरू छन् भन्ने कुराको हेक्का राख्दै पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न सम्बन्धित सबै कमरेडहरूको ध्यानाकर्षण गरिन्छ ।’
सार्वजनिक सञ्चार माध्यम वा भेला, कार्यक्रमहरूमा पार्टीबाट निर्णय नभएका आफ्ना निजी विचारहरू कुनै पनि बाहनामा राखेर अराजक शैलीको अवलम्बन गरी कार्यकर्ता र जनता पंक्तिमा भ्रम र निराशा पैदा गराउने काम नगर्न नगराउन पार्टीको माथिदेखि तलसम्मका सबै नेताहरूलाई निर्देशन पनि दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रवृत्ति पुनः दोहोर्याउने कमरेडहरूमाथि पार्टीको विधान अनुसार अनुशासनको कारबाही प्रक्रिया अघि बढाइने कुरातर्फ पनि सचेत गराइन्छ ।’
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया