दोहोरो अंकले घट्यो नेप्से
काठमाडौँ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार १० अर्ब दुई करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ११ करोड रुपैयाँ कमी आएको हो। आज ३२३ वटा धितोपत्रको एक करोड ७६ लाख ७१ हजार ५७५ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ वटाको घटेको छ। यस्तै एक कम्पनी स्थिर रहेको छ। यसदिन सिटी होटेलको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६३६ रुपैयाँ २० पैसा कायम भएको छ। यस्तै, समाज लघुवित्तको मूल्य ४.३४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७९२ रुपैयाँ ६३ पैसा पुगेको छ।
सिक्लेस हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३२ रुपैयाँ ५१ पैसामा झरेको छ। यसैगरी, उन्नति सहकार्य लघुवित्तको मूल्य ८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६६ रुपैयाँ ५४ पैसा कायम भएको छ।
मंगलबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार ५३५ रुपैयाँमा २६ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.१८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार रुपैयाँमा २३ करोड ९६ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया