मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नगर्न अनुरोध गर्दै विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गरेकी छिन् ।
उनले भनिन्, “हाल विभिन्न व्यक्ति तथा निकायले सामाजिक सञ्जाललगायतका माध्यममार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट पूर्व सूचना सम्प्रेषण गर्ने कार्य भइरहेका कारण सर्वसाधारणमा अन्योल सृजना भई जनगुनासाहरू प्राप्त भएकाले यस विभागको ध्यानाकर्षण भएको छ ।”
उनले मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना अति संवेदनशील विषय भएकाले आधिकारिक सूचना प्रयोग गर्न अनुरोध पनि गरेकी छिन् ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, “मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना अति संवेदनशील विषय भएकाले तल उल्लेखित विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रेषित सूचना प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।”
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया